काङ्ग्रेसको विशेष महाधिवेशनमा व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेको सक्रिय सहभागिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेसको विशेष महाधिवेशनमा व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेको सक्रिय सहभागिता

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०८२, आईतवार

    दमौली, २७ पुस । व्यास नगरपालिकाका मेयर एवं नेपाली काङ्ग्रेस तनहुँका निवर्तमान सभापति वैकुण्ठ न्यौपाने नेपाली काङ्ग्रेसले आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी भएका छन् । पार्टीभित्र देखिएका सांगठनिक तथा नीतिगत विषयमा छलफल र निकास खोज्ने उद्देश्यले आयोजना गरिएको विशेष महाधिवेशनमा न्यौपानेको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    विशेष महाधिवेशनमा सहभागिता जनाउँदै मेयर न्यौपानेले पार्टीलाई विधिसम्मत, लोकतान्त्रिक र संगठनात्मक रूपमा सुदृढ बनाउने विषयमा जोड दिएकाे बताइएको छ।

    तनहुँ जिल्लामा लामो समयदेखि काङ्ग्रेसको संगठन विस्तार र मजबुतीमा सक्रिय भूमिका निर्वाह गर्दै आएका न्यौपानेले पार्टीभित्र उत्पन्न असमझदारीलाई संवाद र सहमतिमार्फत समाधान गर्नुपर्नेमा जोड दिएको बताइएको छ। उनकाे विशेष महाधिवेशनमा सहभागिताले तनहुँका काङ्ग्रेस कार्यकर्तामा थप उत्साह र भरोसा पैदा गरेको स्थानीय नेताहरूको भनाइ छ।