तनहुँको त्रिशुली नदीमा फेला परेको बसको आज पनि उत्खनन् गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँको त्रिशुली नदीमा फेला परेको बसको आज पनि उत्खनन् गरिने

    खबरपुञ्ज संवाददाता

    २७ पुष २०८२, सोमबार

    दमौली, २८ पुस । तनहुँको आबुखैरेनी गाउँपालिका–५ दोङद्राङस्थित त्रिशुली नदी किनारमा फेला परेको एउटा बसको अवशेष सोमबार पनि उत्खनन् गरिने भएको छ ।

    डेढ वर्षअघि चितवनको भरतपुर महानगरपालिका–२९, सिमलतालस्थित त्रिशुली नदीमा खसेको बस नै उक्त अवशेष हुन सक्ने प्रहरीले जनाएको छ । स्थानीयबासीले आइतबार विहान बालुवामा पुरिएको अवस्थामा बसको केही भाग भेटिएको खबर गरेपछि इलाका प्रहरी कार्यालय आबुखैरेनीको टोली उक्त स्थानमा पुगेको थियो । केही घरेलु उपकरण प्रयोग गरेर बालुवा पन्छाउँदा निलो रङको गाडीको अगाडिको केही भाग देखिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । उनका अनुसार सिमलताल दुर्घटनामा परेको गणपति डिलक्सको बस नै अवशेष भेटिएको बस हुन सक्ने देखिएको छ ।

    प्रहरीले उत्खनन् गर्दा पानी निस्कन थालेपछि थप उत्खनन्का लागि शसस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिटारको टोलीले उक्त स्थानमा पुगेको थियो । उनीहरुले उत्खनन्को प्रयास गरेपनि बसको अगाडिको पुरै भाग निकाल्न कठिन भएको थियो ।

    २०८१ असार २८ गते बिहानपख काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए ।