तनहुँका जनताले माया गर्नुभएको छ, धोका दिनुहुँदैन : डा. स्वर्णिम वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका जनताले माया गर्नुभएको छ, धोका दिनुहुँदैन : डा. स्वर्णिम वाग्ले

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०८२, बुधबार

    दमौली, ३० पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले तनहुँका जनताले आफूलाई दिएको माया र विश्वासलाई कहिल्यै धोका नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । व्यास नगरपालिका–११ को वडा अधिवेशनमा बोल्दै उनले तनहुँसँग आफ्नो गहिरो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरे।

    डा. वाग्लेले भने, “तनहुँका जनताले माया गर्नुभएको छ, त्यो माया र विश्वासलाई धोका दिनु हुँदैन। हार्नै परेछ भने पनि म तनहुँबाटै हार्नेछु।”

    उनले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँ–१ बाटै निर्वाचन लड्ने गरी पार्टीभित्र उम्मेदवारी दर्ता गराइसकेको जानकारी दिए। पार्टीले दिएको जिम्मेवारी र जनताले देखाएको भरोसाका आधारमा तनहुँकै विकास, सुशासन र जनजीविकाका सवालमा निरन्तर आवाज उठाउने उनको भनाइ थियो।