


दमौली, ३० पुस । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ का सभापति चुडामणि खनालले पार्टी केन्द्रीय समितिसमक्ष आफूलाई पनि कारबाही गर्न माग गरेका छन्। पार्टी केन्द्रीय समितिले महामन्त्रीद्वयमाथि कारबाही गर्ने निर्णय गरेपछि खनालले सो निर्णयप्रति असन्तुष्टि जनाउँदै समान धारणा राख्ने आफूलाई समेत कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका हुन्।
विशेष महाधिवेशनमा लागेका गगन थापा र विश्वप्रकाश शर्मालाई पार्टीलो कारबाही गरेको हो ।
खनाल विशेष महाधिवेशन पक्षधर हुन् ।