कृष्णकुमार श्रेष्ठ ‘किसान’को टिप्पणी : नेपाली कांग्रेस सम्हालिन नसके लोकतन्त्र खतरामा पर्न सक्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कृष्णकुमार श्रेष्ठ ‘किसान’को टिप्पणी : नेपाली कांग्रेस सम्हालिन नसके लोकतन्त्र खतरामा पर्न सक्छ

    खबरपुञ्ज संवाददाता

    २९ पुष २०८२, बुधबार

    काठमाडौ, ३० पुस । नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नेपाली कांग्रेसप्रति चिन्ता व्यक्त गर्दै पार्टी समयमै सम्हालिन नसके लोकतन्त्र नै खतरामा पर्न सक्ने चेतावनी दिएका छन्।

    उनले नेपाली कांग्रेसजस्तो लामो इतिहास बोकेको पार्टीमा जे हुनु नपर्ने थियो, त्यही भएको टिप्पणी गर्दै अहिलेको अवस्थाप्रति असन्तोष जनाएका छन्। यद्यपि अझै पनि नेपाली कांग्रेस सम्हालिन सक्नेमा आफूलाई विश्वास रहेको उनले बताएका छन्।

    श्रेष्ठले यदि नेपाली कांग्रेस कमजोर बन्दै गए लोकतन्त्रलाई नै खतरामा पार्ने र त्यसतर्फ धकेल्ने प्रयास हुन सक्ने आशंका व्यक्त गरेका छन्। त्यसैले अहिलेको अवस्था कांग्रेसका लागि मात्र नभई समग्र लोकतान्त्रिक व्यवस्थाका लागि समेत संवेदनशील भएको उनको भनाइ छ।