


दमौली, ११ माघ । तनहुँ–१ का उम्मेदवार मन्जिल रानाले सबै उम्मेदवारहरूप्रति खुला बहसको आह्वान गरेका छन् ।
उनले भनेका छन् – म तनहुँ–१ बाट उम्मेदवारी दिएका सबै राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूलाई खुला रूपमा चुनौती दिन चाहन्छु, हामी प्रचारका नारामा होइन, सार्वजनिक बहसमा आमनेसामने भएर जनतासामु उभिऔँ।
उनले सामाजिक सञ्जालका पोस्ट, घरदैलोका भाषण र र्यालीका भीडले होइन, विचार, कार्ययोजना र विगतको मूल्यांकनका आधारमा प्रतिस्पर्धा गर्न आग्रह गरेका छन् ।
