तनहुँ १ का उम्मेदवार मन्जिल राना भन्छन् : स्थानीयकाे समस्या बुझ्नेले मात्र जनजीवनसँग मेल खाने नीति बनाउन सक्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ १ का उम्मेदवार मन्जिल राना भन्छन् : स्थानीयकाे समस्या बुझ्नेले मात्र जनजीवनसँग मेल खाने नीति बनाउन सक्छ

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०८२, बुधबार

    दमाैली, १४ माघ । तनहुँ निर्वाचन क्षेत्र नं. १ बाट उज्यालो नेपाल पार्टीका उम्मेदवार मन्जिल रानाले स्थानीय समस्या नजिकबाट बुझ्ने प्रतिनिधिले मात्र जनजीवनसँग मेल खाने राष्ट्रिय नीति निर्माण गर्न सक्ने बताएका छन्।

    रानाले तनहुँका नागरिकले भोग्दै आएका शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि, पूर्वाधार र युवा पलायनजस्ता समस्या आफूलाई राम्रोसँग ज्ञान रहेको उल्लेख गरे। “मलाई तनहुँका जनताका समस्याबारे स्पष्ट जानकारी छ,” उनले भने, “ती समस्याको समाधान स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर नीति निर्माण नगरी सम्भव हुँदैन।”

    उनले विगतमा केन्द्रबाट बनाइएका धेरै नीति स्थानीय यथार्थसँग मेल नखाने कारण कार्यान्वयनमा समस्या आएको भन्दै अब त्यस प्रवृत्तिमा परिवर्तन आवश्यक रहेको बताए। स्थानीय तहमा देखिएका समस्या संसदमा प्रभावकारी रूपमा उठाएर समाधान खोज्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।