मन्जिल राना भन्छन् : युवा शक्ति हुन्, शत्रु होइनन्
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मन्जिल राना भन्छन् : युवा शक्ति हुन्, शत्रु होइनन्

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०८२, शनिबार

    दमौली, १६ फागुन । दमौली मुख्यचोकमा शुक्रबार भएको घटनापछि तनहुँ–१ का उम्मेदवार मन्जिल रानाले युवाप्रति संयमता अपनाउन र संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्।

    रानाले युवा पुस्तालाई राजनीतिक शक्ति भएको उल्लेख गर्दै असहमति भए बहस गर्नुपर्ने तर कुटपिट अस्वीकार्य हुने बताए। “युवा पुस्ता हाम्रो शक्ति हो, शत्रु होइन। असहमति छ भने बहस गरौं, कुटपिट होइन,” उनले भने।

    उनले नेपाल लोकतान्त्रिक मुलुक भएकाले विरोध, असहमति र कालो झण्डा देखाउनु राजनीतिक अभिव्यक्तिका मान्य रूप भएको स्पष्ट पारे। “यदि कसैले हिंसा गरेको छ भने कानुनी प्रक्रिया हुन्छ, तर अभिव्यक्तिको आधारमा कुटपिट गर्नु न त नैतिक हो, न कानुनी,” रानाले भने ।

    रानाले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै एकतर्फी कारबाहीले समस्या समाधान नहुने बताए। “लोकतन्त्रमा विरोध पनि अधिकार हो। कालो झण्डा देखाउनु असहमतिको प्रतीक हो, हिंसा होइन। यदि कुनै झडप वा दुर्व्यवहार भएको छ भने त्यसको निष्पक्ष छानबिन हुनुपर्छ, एकतर्फी कारबाही होइन,” उनले माग गरे।