धारिएको काङ्ग्रेसले देशलाई नयाँ दिशामा अगाडी बढाउँछ : प्रवक्ता चालिसे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    धारिएको काङ्ग्रेसले देशलाई नयाँ दिशामा अगाडी बढाउँछ : प्रवक्ता चालिसे

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०८२, शनिबार

    दमौली, १६ फागुन । नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले सुधारिएको काङ्ग्रेसले देशलाई नयाँ दिशामा अगाडी बढाउने बताएका छन् । नेपाली काङ्ग्रेस व्यास नगर समितिले शनिबार दमौलीमा आयोजना गरेको कोणसभामा बोल्नुहुँदै काङ्ग्रेस नीति र नेतृत्व सुधारेर आएको भन्दै देशलाई अगाडी बढाउने जिम्मेवारी अब काङ्ग्रेसले लिने बताए ।

    प्रवक्ता चालिसेले अस्थिर राजनीतिले देश विकास नभएको चर्चा गर्दै राजनीतिक स्थिरता आवश्यक रहेको उल्लेख गरे । त्यसका लागि नेपाली काङ्ग्रेसलाई बहुमत दिन आग्रह गर्दै उनले भने, “मुलुकको विकासका लागि काङ्ग्रेसले धेरै योगदान गरेको छ । अब देशलाई समृद्धिको बाटोमा लैजाने अभियानको नेतृत्व पनि काङ्ग्रेसले गर्नेछ ।”

    प्रवक्ता चालिसले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्रै भएको बताउदै लोकतन्त्रमा जनताको मतबाट नै वैधानिक शासन व्यवस्था सञ्चालन गरिने बताए । जनताको असन्तुष्टि सम्बोधन गरेर अगाडी बढ्नुको विकल्प नभएको बताउँदै भदौ २३ गतेको जेनजी आन्दोलन सोही कारण भएको उनको भनाइ छ । तर भदौ २४ गतेको आन्दोलन जेनजीको नभइ अपराध भएको उनको जिकिर थियो ।

    सिंहदरवार जलाउने, संसद भवन जलाउने, अदालत जलाउनेहरु कुनै पार्टीबाट उम्मेदवार बनेकाले त्यस्ता उम्मेदवार विरुद्ध जनता सचेत हुनुपर्ने चालिसेले बताए । उनले भने, “देशको हित नचाहने, देशलाई पछाडि फर्काउन खोज्नेहरु चुनावमा उम्मेदवार बनेका छन् । त्यस्तालाई जनताले दण्डित गर्नुपर्छ ।”

    पार्टीका केन्द्रीय सदस्य धु्रव वाग्लेले काङ्ग्रेस नयाँ पार्टी भएको बताउँदै नयाँ काङ्ग्रेसले देशलाई पनि नयाँ दिशामा लैजाने बताए ।

    नेपाली काङ्ग्रेसका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार गोविन्द भट्टराईले देश बदल्ने अठोटका साथ काङ्ग्रेस चुनावमा होमिएको बताए । तनहुँ क्षेत्र नम्बर २ का उम्मेदवार शङ्कर भण्डारीले दृढ सङ्कल्प बोकेर सबै नेता कार्यकर्ता खटिए काङ्ग्रेसको विजय निश्चित रहेको बताए ।