गठबन्धनको हल्ला निराधार : सूर्य चिन्हमै मतदान गर्न भगवती न्यौपानेको अपिल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गठबन्धनको हल्ला निराधार : सूर्य चिन्हमै मतदान गर्न भगवती न्यौपानेको अपिल

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०८२, शनिबार

    दमाैली, १६फागुन । आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा तनहुँ क्षेत्र नम्बर १ मा फैलाइएको गठबन्धनसम्बन्धी हल्लाप्रति नेकपा एमालेका उम्मेदवार भगवती न्याैपानेले स्पष्ट धारणा सार्वजनिक गरेकी छन्। नेकपा (एमाले)का तर्फबाट उम्मेदवार भगवती न्यौपानेले काङ्ग्रेस र एमालेबीच कुनै गठबन्धन नभएको स्पष्ट पारेकी हुन्।

    न्यौपानेले विज्ञप्तिमार्फत पछिल्लो समय विभिन्न माध्यमबाट काङ्ग्रेस र एमालेबीच गठबन्धन भएको तथा तनहुँमा एमालेले “रुख” चिन्हमा मतदान गर्ने भन्ने हल्ला फैलाइएकोप्रति ध्यानाकर्षण भएको जनाएकी छन्। उनले नेकपा (एमाले) आफ्नो नीति, सिद्धान्त र चुनावी प्रतिबद्धतासहित स्वतन्त्र रूपमा प्रतिस्पर्धामा रहेको स्पष्ट गरिन्।

    “भ्रम र अफवाह फैलाएर मतदातालाई अन्योलमा पार्ने प्रयास दुःखद कुरा हो। लोकतन्त्रमा स्वस्थ प्रतिस्पर्धा हुनुपर्छ, भ्रम सिर्जना गर्नु उपयुक्त होइन,” उनले उल्लेख गरेकी छन्।

    न्यौपानेले तनहुँ क्षेत्र नम्बर १ मा एमाले सशक्त शक्तिका रूपमा उभिएको दाबी गर्दै विकास, स्थिरता र समृद्धिका लागि सूर्य चिन्हमा मतदान गर्न मतदातासँग अपिल गरेकी छन्।

    उनले ढुक्क र निडर भएर सूर्य चिन्हमा मतदान गरी विजयी गराइदिन मतदाता समक्ष आग्रह गरेकी छन्।