


दमौली, १७ फागुन । नेपाली कांग्रेसबाट तनहुँ–१ का उम्मेदवार गोविन्द भट्टराईले प्रत्येक पालिकामा एक–एक वटा कभर्ड हल तथा एउटा फुटबल मैदान निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले स्थानीय तहसँगको समन्वयमा खेलकुद पूर्वाधार विकासलाई प्राथमिकतामा राखिने बताए। “युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न र स्वस्थ समाज निर्माण गर्न भौतिक पूर्वाधार अपरिहार्य छ,” उनले भने।
भट्टराईका अनुसार कभर्ड हलले विभिन्न खेलकुद गतिविधि, सांस्कृतिक कार्यक्रम तथा सामुदायिक सभा–समारोह सञ्चालन गर्न सहजता प्रदान गर्नेछ। यस्तै, स्तरीय फुटबल मैदान निर्माणले स्थानीय प्रतिभा पहिचान र प्रोत्साहनमा टेवा पुग्ने विश्वास उनले व्यक्त गरे।
उनले संघीय सांसदका रूपमा निर्वाचित भएमा आवश्यक बजेट विनियोजनका लागि पहल गर्ने र पालिकासँग सहकार्य गरेर योजनालाई कार्यान्वयनमा ल्याउने प्रतिबद्धता जनाए।
