दीपकराज जोशीले चुनावी अभियानमा १००० बढी गाउँटोलमा घरदैलो गरे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    दीपकराज जोशीले चुनावी अभियानमा १००० बढी गाउँटोलमा घरदैलो गरे

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०८२, आईतवार

    दमौली, १७ फागुन। तनहुँ क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार दीपकराज जोशीको चुनाव प्रचार–प्रसार अभियान भोलिदेखि थप व्यापक रूपमा सञ्चालन हुँदैछ। क्षेत्रका ४२ वटै वडाका झण्डै एक हजारभन्दा बढी गाउँ तथा टोलमा पुगेर उहाँले घरदैलो कार्यक्रममार्फत नागरिकसँग प्रत्यक्ष संवाद गरिसक्नुभएको छ।

    घरदैलो अभियान केवल औपचारिक भेटघाटमा सीमित नभई जनताको दुःख–सुख सुन्ने, अपेक्षा बुझ्ने र विगतका अनुभव आत्मसात गर्ने अवसरका रूपमा विकसित भएको जोशीको दाबी छ। अभियानका क्रममा धेरै नागरिकले वर्षौंदेखि दोहोरिँदै आएका झुटा आश्वासन, अपूरा योजना र चुनावपछिको बेवास्ताप्रति गुनासो व्यक्त गरेका छन्। “हामीलाई भाषण होइन, काम गर्ने नेतृत्व चाहिएको छ,” भन्ने भावना अधिकांश स्थानमा सुनिएको बताइएको छ।

    जनताले परम्परागत राजनीति भन्दा फरक, जवाफदेही, पारदर्शी र परिणाममुखी नेतृत्वको खोजी गरिरहेको स्पष्ट देखिएको जोशीको भनाइ छ। युवाहरूले रोजगारी र सीप विकासका अवसर मागिरहेका छन् भने किसानहरूले सिँचाइ, मल र उत्पादनको उचित बजार सुनिश्चितताको माग अघि सारेका छन्। त्यस्तै, ग्रामीण भेगका नागरिकले सडक, खानेपानी र स्वास्थ्य सेवामा सहज पहुँचको आवश्यकता औंल्याएका छन्।

    यसै सन्दर्भमा पूर्वसांसद गोबिन्दराज जोशीले आफ्नो कार्यकालमा सुरु तथा सम्पन्न गरेका विकास निर्माणका कामहरू अझै पनि जनताको स्मृतिमा ताजा रहेको चर्चा घरदैलोमा पटक–पटक उठेको बताइएको छ।