तनहुँ-१ ले यसपटक इतिहास रच्दैछ : भगवती न्यौपाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ ले यसपटक इतिहास रच्दैछ : भगवती न्यौपाने

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०८२, आईतवार

    दमौली, १७ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) (एमाले) का तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार भगवती न्यौपानेले यसपटकको निर्वाचनमा तनहुँ–१ ले इतिहास रच्ने दाबी गरेकी छन् ।

    अखिल नेपाल महिला संघ (अनेमसंघ) तनहुँको आयोजनामा आइतबार दमौलीमा सम्पन्न कोणसभालाई सम्बोधन गर्दै उनले एमालेको जित सुनिश्चित रहेको बताइन् । देशको स्वाधीनता जोगाउन र स्थायित्वसहितको विकासका लागि एमालेको विजय आवश्यक रहेको उनको भनाइ थियो।

    उनले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सूर्य चिन्हमा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गरिन् । “जनताले दिनुभएको अमूल्य मतको गुन एक–एक गरेर चुक्ता गर्नेछु,” न्यौपानेले प्रतिबद्धता गरिन् ।