इनिशा विकलाई न्याय माग गर्दै दमौलीका विद्यार्थी सडकमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    इनिशा विकलाई न्याय माग गर्दै दमौलीका विद्यार्थी सडकमा

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०८२, सोमबार

    दमौली, २ चैत । बलात्कारपछि हत्या गरिएकी सुर्खेतकी १६ वर्षीया इनिशा विकलाई न्याय माग गर्दै तनहुँको सदरमुकाम दमौलीमा आज प्रदर्शन गरिएको छ ।

    दमौलीस्थित निर्मल माध्यमिक विद्यालय र आदिकवि भानुभक्त क्याम्पसका विद्यार्थीले विकको न्यायका लागि विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले इनिशालाई न्याय दे, पीडकलाई कारवाही गर जस्ता नारा लगाएका थिए ।