तनहुँमा रैथाने खाना महोत्सव : विभिन्न जातजातिका परिकार चाख्न पाइने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा रैथाने खाना महोत्सव : विभिन्न जातजातिका परिकार चाख्न पाइने

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०८२, मंगलवार

    दमौली, ३ चैत । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा रैथाने खाना महोत्सव सुरु भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ शुक्लागण्डकीको आयोजनामा सोमबारदेखि बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खेलमैदानमा रैथाने खाना महोत्सव सुरु भएको हो ।

    रैथाने परिकारको पाककला र स्वाद नवपुस्तालाई हस्तानतरण गर्नलाई खाना महोत्सव आयोजना गरिएको महासङ्घका अध्यक्ष कुलकुमार कुमालले जानकारी दिए ।

    शुक्लागण्डकीमा बसोबास गरिरहेका आदिवासी जनजाति समुदायका मौलिक घर निर्माण गरेर तीनै घरमा परम्परागत तवरले पकाएर रैथाने खानाको स्वाद चखाइने कुमालले बताए । महोत्सवमा जनजातिका भाषा, संस्कार, संस्कृति संरक्षणमा छलफल समेत गरिने उनको भनाइ छ ।

    महोत्सवले रैथाने खाना संरक्षणमा चेतना बढाउने विश्वास गरिएको छ । उनले भने, “रैथाने खानाको माग बढ्दा निर्वाहमुखी कृषिबाट व्यावसायिकतर्फ उन्मुख हुन सहयोग पुग्ने अपेक्षा गरेका छौ ।”

    महोत्सवका सल्लाहाकार खिमबहादुर कुमालले आदिवासी जनजाति समुदायले खाने खानाको परिकार स्वास्थ्यका हिसाबले उपयुक्त रहेकाले महोत्सव गरेर यसको प्रचारप्रसार गर्न खोजिएको बताए ।

    नेपाल आदिवासी जनजाति महासङ्घ गण्डकी प्रदेशका सचिव विमल जिसीले आदिवासी जनजातिका खानाका परिकारसँगै चालचलन, रीतिरिवाज, संस्कृति सबै समुदायमा पु¥याउनुपर्ने बताए ।

    आजसम्म सञ्चालन हुने महोत्सवमा मगर, गुरुङ, नेवार, कुमाल, भुजेल र तामाङ समुदायका खानाका परिकार एकैथलोमा चखाइने आयोजकले जनाएको छ । महोत्सवमा बटुक, बारा, सेलरोटी, चटामारी, गिठ्ठा, भ्याकुर, चटामरी, फुरौला, योमरीदेखि लोकल रक्सी, माछा, मासुका परिकार प्रर्दशनसँगै खानपानको व्यवस्था मिलाइएको छ ।