


दमौली, ३ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा तनहुँबाट छ हजार एक सय ५५ विद्यार्थी सहभागी हुँदैछन् । शिक्षा विकास तथा समन्वय इकाइ तनहुँका अनुसार नियमिततर्फ चार हजार नौ सय ४० र ग्रेडवृद्धितर्फ एक हजार दुई सय १५ विद्यार्थी सहभागी हुँदैछन् ।
परीक्षा सञ्चालनका लागि २२ वटा परीक्षा केन्द्र कायम गरिएको छ ।





