


दमौली, ३ चैत । बेलचौतारामा आयोजित रैथाने खाना महोत्सव–२०८२ सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाति महासंघ समन्वय परिषद शुक्लागण्डकीले शुनपा–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा महोत्सव आयोजना गरेको हो ।
शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का अध्यक्ष एवम् परिषदका सल्लाहकार खड्कसिं थापा मगरले महोत्सवले देशभर सकरात्मक सन्देश भएको बताए । समन्वय परिषदका अध्यक्ष कुल कुमार कुमालले महोत्सवले रैथाने खानाको प्रचार, प्रवद्धन र पुस्तान्तरणमा ठूलो सहयोग पुगेको उल्लेख गरे । उनले आगामी दिनमा यस्ता महोत्सवलाई निरन्तरता दिन सके आदिवासी जनजातिका खानाका परिकार जिवन्त रहने बताए ।
शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले जनजातिका झल्को दिन घरले चैत ६ देखि हुने शुक्लागण्डकी महोत्सवलाई थप रौनक थपेको उल्लेख गरे ।
समन्वय परिषद सचिव एवम् महोत्सव प्रवक्ता विर्सना श्रेष्ठका अनुसार महोत्सवस्थलमा ६ समुदायका मौलिक परम्परा घर निर्माण गरिएको छ ।
शुक्लागण्डकी नगरपालिकामा मगर, गुरुङ्ग, नेवार, भुजेल, कुमाल, तामाङ्ग, थकाली र राई समुदायको बसोबास रहेको छ । महोत्सवमा ती समुदायका विभिन्न रैथाने परिकारको स्वाद पकाएर विक्रि गरिएको थियो ।
महोत्सवमा विभिन्न विद्यालयका विद्यार्थीहरु, आदिवासी जनजातिसँग सम्बन्धित अध्येता, अगुवा, विदेशी नागरिकहरु समेत आएर रैथाने खानाका परिकारको स्वाद लिएको परिषदका सल्लाहकार संयोजक खिम बहादुर कुमालले जानकारी दिए । उनले परिकारको स्वाद लिन दिनभर दर्शकहरुको भिड रहेको बताए । शुक्लागण्डकी नगरपालिकाको आर्थिक सहयोगमा भएको महोत्सव भएको हो । महोत्सवको सोमवार शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डितले उद्घाटन गरेका थिए ।
