तनहुँ उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा बिन्दुलाल श्रेष्ठ मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा बिन्दुलाल श्रेष्ठ मनोनित

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०८२, बुधबार

    दमौली, ४ चैत । तनहुँ उद्योग वाणिज्य संघले दमौली बजार इकाईका पूर्व कोषाध्यक्ष बिन्दुलाल श्रेष्ठलाई कार्यसमिति सदस्य पदमा मनोनयन गरेको छ । संघको चैत २ गते बसेको दोस्रो कार्यसमिति बैठकले व्यास नगरपालिका–२, दमौली निवासी श्रेष्ठलाई उक्त पदमा मनोनयन गर्ने निर्णय गरेको अध्यक्ष ईमकुमार मल्लले जानकारी दिएका छन् ।

    संघका अनुसार, श्रेष्ठले विगतमा संस्थाको गरिमा उच्च राख्न महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै सोही कार्यको मूल्याङ्कनस्वरूप उनलाई कार्यसमितिमा समावेश गरिएको हो ।

    अध्यक्ष मल्लले मनोनयनप्रति बधाई व्यक्त गर्दै आगामी दिनहरूमा पनि संघको हितमा श्रेष्ठबाट सक्रिय सहयोग, सल्लाह तथा सुझाव प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।