


दमौली, ४ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित पृथ्वी राजमार्गमा प्रहरीले गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बुधबार साँझ करिब ६ बजे चेकजाँचका क्रममा काठमाडौं बाट पोखरातर्फ जाँदै गरेको बसमा सवार एक यात्रुको साथबाट लागूऔषध फेला परेको हो।
पक्राउ पर्नेमा कास्की जिल्ला पोखरा महानगरपालिका–१२ बस्ने ५० वर्षीय जितबहादुर दर्जी रहेका छन्। उनले प्लास्टिकको झोलाभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा ९७५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
उक्त गाँजासहित दर्जीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।