तनहुँमा एआई तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न, क्षमता अभिवृद्धिमा जोड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा एआई तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न, क्षमता अभिवृद्धिमा जोड

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०८२, बिहीबार

    दमौली, ५ चैत ।नेपाल पत्रकार महासंघ तनहुँ शाखाको आयोजनामा तथा गण्डकी प्रदेश प्रेस रजिष्टारको कार्यालयको सहयोगमा दुई दिने एआई तथा मोबाइल पत्रकारिता तालिम सम्पन्न भएको छ। बुधबारदेखि सुरु भएको तालिम बिहीबार समापन गरिएको हो।

    तालिममा जिल्लाभरका ४० सञ्चारकर्मीहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी समाचार संकलन, सम्पादन तथा प्रकाशन गर्ने तरिका, मोबाइल पत्रकारितामार्फत छिटो, प्रभावकारी र गुणस्तरीय सामग्री उत्पादन गर्ने सीप सम्बन्धी जीवन भण्डारीले प्रशिक्षण प्रदान गरेका थिए ।

    समापन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशकी प्रेस रजिष्टार विमला भण्डारीले सूचना प्रविधिको तीव्र विकाससँगै पत्रकारिता क्षेत्र पनि रूपान्तरणको चरणमा रहेको उल्लेख गरिन्। उनले सिकाइ प्रक्रिया कहिल्यै नरोकिने भएकाले समयअनुकूल तालिमहरू सञ्चालन गर्न प्रेस रजिष्टारको कार्यालय सधैं सहकार्य गर्न तयार रहेको बताए ।

    भण्डारीले सञ्चारमाध्यमहरूको संस्थागत विकासमा जोड दिँदै सामाजिक सुरक्षा कोषमा आबद्ध सञ्चारमाध्यमलाई प्रोत्साहन गर्ने नीति रहेको जानकारी दिइन् ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपी अधिकारीले पत्रकारहरूको क्षमता अभिवृद्धि नै गुणस्तरीय पत्रकारिताको आधार भएको बताउँदै आगामी दिनमा पनि यस्ता सीपमूलक तालिमहरू सञ्चालन गरिने जानकारी दिए। उहाँले नयाँ प्रविधिसँग पत्रकारहरूलाई अद्यावधिक गराउन महासंघ प्रतिबद्ध रहेको धारणा राखे ।

    तालिमका सहभागीहरूले एआई र मोबाइल पत्रकारितासम्बन्धी सीपले आफूहरूको दैनिक समाचार सम्प्रेषण कार्यलाई अझ प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्। समापन कार्यक्रममा पत्रकारहरु अन्जना तिमिल्सिना, राजेश्वर हड्खले, मिला दरै, सुनिता आचार्य, रामबहादुर घले, एसबि नेपाली लगायतले तालिम फलदायी भएको बताए ।