मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०८२, शुक्रबार

    कास्की, ६ चैत । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका-१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् । 

    पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा विभिन्न प्रलोभन देखाई होटलको काममा लगाई दिन्छु भनी पीडित महिलाहरूलाई होटलमा आउने पुरूषहरूबाट रकम लिई जबरजस्ती रात बिताउन लगाउने, अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ । साथै प्रहरीले चार जना पीडितहरूलाई उद्दार गरेको छ । 

    उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।