


दमौली, ६ चैत । जेसीआइ व्यास नगरले प्रदेश अस्पताल दमौलीमा रगतको माग पूरा गर्न शुक्रबार व्यास नगरपालिका–३ प्रशासनचोकमा रक्तदान सम्पन्न गरेको छ ।
अस्पतालका बिरामीलाई रगतको अभाव भएको जानकारी पाएपछि जेसीआइ व्यास नगरले आकस्मिक रुपमा रक्तदान कार्यक्रम गरेको हो । त्यसक्रममा १६ पिन्ट रगत सङ्कलन भएको जेसीआइ व्यास नगरका महासचिव प्रताप पण्डितले जानकारी दिए ।



लियो क्लव अफ तनहुँको सहयोगमा भएको कार्यक्रममा व्यास नगरपालिका–३ का वडाध्यक्ष अनुप रानाले रगतको अभावमा कसैले पनि अनाहकमा ज्यान गुमाउने अवस्था आउन नहुने बताए ।
जेसीआइ व्यास नगरका अध्यक्ष अजर नागिलाले अस्पतालमा रगतको अभाव भएकाले रक्तदान गरिएको जानकारी दिए ।
