अवैध नदीजन्य पदार्थ सहित तीन सवारी नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    अवैध नदीजन्य पदार्थ सहित तीन सवारी नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    ५ चैत्र २०८२, शुक्रबार

    दमौली, ६ चैत । जिल्ला प्रहरी कार्यालय तनहुँले व्यास नगरपालिका–५ चापाघाटबाट अवैध नदीजन्य पदार्थ सहित तीन सवारी साधनलाई आज नियन्त्रणमा लिएको छ ।

    बालुवा, ढुङ्गा ओसारपसार गरेका तीन सवारी साधनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकका अनुसार बालुवा लोड भएको ग १ क ६१६८ नम्बरको ट्रक, बालुवा लोड भएको ग १ त ७६८४ नम्बरको ट्याक्टर र ढुङ्गा लोड भएको ग १ त ३८६८ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि व्यास नगरपालिकामा पठाइएको छ।