


दमौली, ७ चैत । तनहुँको ऋषिङ गाउँपालिका–८ धारुङगैरीमा चट्याङ लागेर शुक्रबार राति एक घरमा क्षति पुगेको छ । चट्याङ लागेर स्थानीय विष्णु सारुको घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
चट्याङका कारण मानवीय र चौपायाको क्षति नभएको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए । चट्याङका कारण एक तले ढुङ्गामाटोले बनेको घरमा क्षति पुनुका साथै मिटर बक्स, दराज र कपडाहरुमा क्षति पुगेको उनले बताए ।