


काठमाडौ, ७ चैत । रास्वपा वरिष्ठ नेता बालेन्द्र साहले मुस्लिम समुदायको महान पर्व ईद उल फित्रको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
उनले शुभकामना सन्देश जारी गर्दै धर्म, संस्कृति र विविधताको सम्मान गर्दै सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट मात्र देश अघि बढ्ने बताएका छन्। प्रमुख शाहले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन्।
उनले ईदको पावन अवसरले समाजमा भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गर्दै सबैमा “ईद मुबारक” व्यक्त गरेका छन्।