तनहुँका लम्साल लियो जिल्ला परिषद् ३२५ एल नेपालको अध्यक्ष निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका लम्साल लियो जिल्ला परिषद् ३२५ एल नेपालको अध्यक्ष निर्वाचित

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०८२, शनिबार

    दमौली, ७ चैत । लियो जिल्ला परिषद् नेपाल ३२५ एलको वर्ष २०२६–२७ का लागि अध्यक्षमा तनहुँका कुशल लम्साल निर्वाचित भएका छन् भने कोषाध्यक्षमा रोविन श्रेष्ठ चयन भएका छन्।

    अध्यक्षमा निर्वाचित लम्साल लियो क्लव क्लव अफ खैरेनीटार दुलेगौडा मन्त्रका संस्थापक अध्यक्ष एवं लियो जिल्ला परिषद् ३२५ एल नेपालका वर्तमान उपाध्यक्षसमेत हुन्। उनको नेतृत्व अनुभव र सक्रियताका आधारमा यसपटक अध्यक्षमा चयन गरिएको बताइएको छ।

    यसैगरी, कोषाध्यक्षमा निर्वाचित श्रेष्ठ लियो क्लव अफ तनहुँका अध्यक्षका रूपमा कार्यरत छन्। उनले क्लबमार्फत विभिन्न सामाजिक कार्यहरूमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्।