पाल्पामा टिप्पर दुर्घटना, चार जनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पाल्पामा टिप्पर दुर्घटना, चार जनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०८२, आईतवार

    पाल्पा, ८ चैत । पाल्पामा शनिबार साँझ भएको टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।

    माथागढी गाउँपालिका–७ रहबासमा भएको दुर्घटनामा गम्भीर घाइते भएका तानसेन नगरपालिका–१० पटुवाका ३३ वर्षीय राजन चिदीको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डिएसपी होमप्रकाश चौधरीले जानकारी दिए ।।

    यसअघि अर्घाखाँचीको शीतगङ्गा ४ सिद्धाराका चालक २६ वर्षीय  चिन्ता बहादुर सुनार, सोही स्थानका २६ वर्षीय सुनिल विक र रुपन्देहीको देवदह २ खैरेनीका २६ वर्षीय सुनिल नेपालीको मृत्यु भएको थियो । (अनलाइन खबरबाट)