नेतृत्व कमजोर होइन, अझ सुदृढ बनाउने समय : प्रकाश पन्थ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेतृत्व कमजोर होइन, अझ सुदृढ बनाउने समय : प्रकाश पन्थ

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०८२, आईतवार

    काठमाडौं, ८ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको जारी बैठकमा केन्द्रीय सदस्य प्रकाश पन्थले वर्तमान परिस्थितिमा नेतृत्व कमजोर बनाउने नभई अझ मजबुत बनाउँदै अघि बढ्नुपर्ने बताएका छन्।

    बैठकमा आफ्नो मन्तव्य राख्दै पन्थले लोकतन्त्रमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै पार्टी पुनः उठ्ने र जित्ने विश्वास व्यक्त गरे। उनले राजनीति कहिलेकाहीँ नैतिकता र व्यवहारबीचको द्वन्द्वमा पर्ने बताउँदै नैतिकताको नाममा षड्यन्त्रपूर्ण आक्रमण स्वीकार्य नहुने धारणा राखे।

    हाल उठिरहेको राजीनामाको मागप्रति प्रश्न उठाउँदै उनले यस्तो आवाज कसको स्वार्थबाट प्रेरित छ भन्ने विषय गम्भीर रूपमा विचार गर्नुपर्ने बताए। “नैतिकताको नाममा लोकतन्त्र र पार्टीलाई कमजोर बनाउने प्रयास भइरहेको छ, यो स्वीकार्य हुन सक्दैन,” उनले भने।

    पन्थले पार्टी सरकार निर्माणका लागि मात्र नभई जनविश्वास जोड्न र लोकतन्त्र जोगाउन अघि बढेको स्मरण गराउँदै वर्तमान उपलब्धिमा नेतृत्वको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे।

    निर्वाचन परिणामबारे बोल्दै उनले हार बहुआयामिक कारणहरूको परिणाम भएको बताए। प्रारम्भिक प्रतिवेदनले पार्टीले जनताको मनोविज्ञान बुझ्न नसकेको, कामको प्रभाव जनतासम्म पुर्‍याउन नसकेको र समयअनुसार परिवर्तन हुन नसकेको जस्ता गम्भीर कमजोरी औँल्याएको उनले बताए।

    उनले आजको राजनीति केवल नीति र कार्यक्रमको प्रतिस्पर्धा मात्र नभई ‘न्यारेटिभ’ को प्रतिस्पर्धा भएको उल्लेख गर्दै पार्टीले काम गरे पनि त्यसलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न नसकेको बताए। साथै, डिजिटल युगमा पनि पुरानै शैलीमा राजनीति गरिनु र ‘पपुलिजम’ लाई कम आँकलन गर्नु पनि कमजोरीका रूपमा औंल्याए।