तनहुँमा निःशुल्क भ्यासेक्टोमी तथा मिनिल्याप शिविर सञ्चालन हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा निःशुल्क भ्यासेक्टोमी तथा मिनिल्याप शिविर सञ्चालन हुने

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०८२, आईतवार

    दमौली, ८ चैत । प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको आयोजना तथा सुनौलो परिवार नेपालको प्राविधिक सहयोगमा परिवार योजनासम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

    शिविर अन्तर्गत स्थायी बन्ध्याकरण सेवा (भ्यासेक्टोमी तथा मिनिल्याप) साथै लामो अवधिका परिवार योजना सेवा प्रदान गरिने जनाइएको छ। विशेषज्ञ चिकित्सकहरूको टोलीद्वारा सेवा प्रदान गरिने भएकाले सन्तानको रहर पूरा गरिसकेका दम्पतीलाई समयमै सम्पर्क गरी सेवा लिन आग्रह गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँका प्रमुख अमर दवाडीले जानकारी दिए ।

    कार्यक्रम अनुसार शिविर मेरिस्टोप्स सेन्टर डुमे, प्रदेश अस्पताल दमौली तथा जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा सञ्चालन हुनेछ।

    शिविर २०८२ साल चैत १५, १७ र १९ गते सञ्चालन हुने जनाइएको छ।

    उक्त शिविरमा निःशुल्क रूपमा भ्यासेक्टोमी, मिनिल्याप, इम्प्लान्ट र कपर–टी सेवा उपलब्ध गराइने प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।