निर्वाचन सफलतामा योगदान पुर्‍याएका एसपी कार्की सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन सफलतामा योगदान पुर्‍याएका एसपी कार्की सम्मानित

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०८२, आईतवार

    दमौली, ८ चैत । फागुन २१ गते सम्पन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेका तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्की नगद पुरस्कारसहित सम्मानित भएका छन्।

    गण्डकी प्रदेश प्रहरी कार्यालयले कार्कीलाई इमानदार, बफादार र कर्तव्यनिष्ठ भई निर्वाचन सफल बनाउन खेलेको भूमिकाको उच्च कदर गर्दै सम्मान गरेको हो ।

    निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउँदै कुनै अप्रिय घटना हुन नदिन तथा प्रहरी संगठनको मनोबल उच्च बनाउन कार्कीले खेलेको नेतृत्वदायी भूमिकाको प्रशंसा गरिएको कार्यालयले जनाएको छ।

    तनहुँ जिल्लाको कमाण्ड सम्हालेपछि प्रहरी उपरीक्षक कार्कीले जिल्लामा शान्ति सुरक्षा सुदृढ़ बनाउन महत्वपूर्ण कदम चाल्दै आएका छन्।