


चितवन, ९ चैत । चितवनमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–९ निपनी चोकमा तेल बोकेको ट्यांकरले ठक्कर दिदाँ स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी ३५ वर्षीय मिना रेग्मीको मृत्यु भएको छ । चितवनका डिएसपी रवीन्द्र खनालले स्कुटर चालक सोहि ठाउँ बस्ने ५३ वर्षीय पूर्ण सापकोटा सकुसल रहेको बताए । घटनापछि पूर्वी चितवनको निपनी तनावग्रस्त बनेको छ ।