आदिवासी जनजाति महिला महासंघ गण्डकी प्रदेशको अध्यक्षमा मिलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आदिवासी जनजाति महिला महासंघ गण्डकी प्रदेशको अध्यक्षमा मिलन

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०८२, मंगलवार

    पोखरा, १० चैत । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनबाट अध्यक्षमा मिलन भुजेल निर्वाचित भएकी छन् ।

    नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा चनशोभा छन्त्याल, सचिवमा अञ्जना तामाङ, सहसचिवमा चिनिमाया काला मगर र कोषाध्यक्षमा देवी दुरा चयन भएकी छन् ।

    यसैगरी सदस्यहरूमा रुविना थकाली, मीना गुरुङ, विलकुमारी कुमाल, सरस्वती लामा ह्योल्मो, ज्योतिकुमारी दराई र पम्फादेवी श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएकी छन् ।