एमाले र नेकपाका नेता रास्वपा प्रवेश
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमाले र नेकपाका नेता रास्वपा प्रवेश

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०८२, मंगलवार

    दमौली, १० चैत । नेकपा (एमाले) र नेकपा तनहुँका नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन् । मंगलबार रास्वपा कार्यालयमा आयोजित कार्यक्रममा एमाले तनहुँका नेता वीरेन्द्रबहादुर अधिकारी, नेकपाका नेता गजेन्द्र पन्थ, विष्णुबहादुर खड्कालगायत नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

    नवप्रवेशीहरुलाई रास्वपा तनहुँका सभापति विश्व बास्तोला, व्यास नगर सभापति चुडामणि दाहाललगायतका नेताहरुले स्वागत गरेका थिए।

    रास्वपाले नवप्रवेशीहरुलाई पार्टीभित्र उचित जिम्मेवारी प्रदान गर्ने सभापति बास्तोलाले बताए ।