रवि लामिछानेको अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट बिहीबारलाई ‘हेर्दाहेर्दै’मा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेको अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट बिहीबारलाई ‘हेर्दाहेर्दै’मा

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०८२, मंगलवार

    काठमाडौ, १० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिट हेर्दाहेर्दै बिहीबारलाई पेसी तोकिएको छ । मंगलबार पनि बहस जारी रहेपछि हेर्दाहेर्दैमा राखिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए । 

    सोमबारबाट सुरु भएको सुनुवाइ रिट निवेदकतर्फको बहस सकिएको छ । रिट निवेदकका तर्फवाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, टिकाराम भट्टराई, अधिवक्ताहरु टिका कुँवर,उपेन्द्र राउत र अनुपम भट्टराईले बहस गरे । सोमबार र मंगलबार रिट निवेदकका तर्फबाट बहस भएको र बिहीबारदेखि सरकारी वकिलले बहस गर्ने अधिवक्ता भट्टराईले जानकारी दिए । 

    अब महान्यायाधीवक्ता भण्डारी बरालले आफ्नो बचाउमा बहस गर्ने छिन् भने उनीहरुपछि सरकारी वकिलहरुले प्रतिरक्षा बहस गर्ने छन् । त्यसपछि रास्वपाका सभापति रवि लामिछानेका कानुन व्यवसायीले बहस गर्ने छन् । न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा पेसी रहेको मुद्दा हेर्दाहेर्दै राखेर प्राथमिकताका साथ सुनुवाइ भइरहेको छ । यअसघि न्यायाधीशद्वय शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले तीन दिन बहस सुनेर फाइल मगाउने आदेश गरेको थियो ।