


दमौली, ११ चैत । तनहुँमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ढुवानी भइरहेको अवस्थामा प्रहरीले तीन वटा सवारी साधन नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरी टोलीले बन्दिपुर गाउँपालिका–६ बगरखोला क्षेत्रमा अवैध रूपमा गिट्टी लोड गरिरहेको अवस्थामा सवारी साधनहरू नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका सवारी साधनहरूमा लु १ क ३२४१ नम्बरको जेसीबी, ग १ क ५४४२ नम्बरको टिप्पर र ग १ ख ७४३६ नम्बरको टिप्पर रहेको प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकले जानकारी दिए ।
उक्त सवारी साधनहरूलाई आवश्यक कारबाहीका लागि बन्दिपुर गाउँपालिकाको कार्यालय पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले अवैध उत्खनन् तथा ढुवानी नियन्त्रण गर्न अनुगमनलाई थप कडाइ गरिने समेत जनाएको छ।