


दुलेगौंडा, १४ चैत । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ शुक्लागण्डकी महोत्सवमा आज नायक पल शाह आउने भएका छन् । बेलचौतारा चलिरहेको महोत्सवमा शाहसँगै चर्चित कलाकार पशुपति शर्मा, शान्ता रानी परियार, सजना बास्तोलको प्रस्तुती समावेश गरिएको कलाकार व्यवस्थापन उपसमिति संयोजक प्रेम बहादुर श्रेष्ठले जानकारी दिए ।
आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ जारी महोत्सव चैत १७ गते सम्म चल्ने छ । महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुतीसँगै लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।
साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता चलिरहेको छ । भलिबलतर्फ शनिवार माछापुग्छ«े गाउँपालिका र हरिनाश गाउँपकालिबीच पहिलो खेल हुने छ । यसैगरी दोस्रो खेल बौद्धिकाली गाउँपालिका र घिरिङ गाउँपालिकाबीच हुने छ । यसैगरी भिमाद र शुक्लागण्डकीबीच शुक्रवार वर्षाका कारणस्थगित खेल हुने छ । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ ।
महिला उद्यमी विकास समिति र सम्पूर्ण वडा व्यवस्थापन समिति को सह–आयोजनामा महोत्सव भएको हो । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था, सुचना केन्द्र, स्वास्थ्य शिविर लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ ।