


काठमाडाै, १४ चैत । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको प्रतिवाद गर्ने निर्णय गरेको छ । आज बसेको पार्टीको आकस्मिक सचिवालयको बैठकले सो निर्णय गरेको सचिव महेश बस्नेतले जानकारी दिए ।
‘आमजनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने’, बैठकको निर्णयको पहिलो बुँदामा उल्लेख छ ।
यस्ता छन् सचिवालय बैठकका निर्णययहरू
१. आमजनसमुदाय, नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने ।
२. प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने ।
३. प्रत्येक जिल्लामा भोलि (चेत १५ गते) १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी (सीडीओ) कार्यालयमा विरोधपत्र बुझाउने ।
४. लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने । नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने ।