ओली र लेखकको गिरफ्तारीविरुद्ध एमाले तनहुँको कडा आपत्ति, आन्दोलनको चेतावनी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ओली र लेखकको गिरफ्तारीविरुद्ध एमाले तनहुँको कडा आपत्ति, आन्दोलनको चेतावनी

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०८२, शनिबार

    दमौली, १४ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँ जिल्ला कमिटीले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकको गिरफ्तारीप्रति घोर आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ।

    जिल्ला कमिटी अध्यक्ष हरिराज कडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनलाई आधार बनाई प्रतिशोधपूर्ण, अमानवीय र स्वेच्छाचारी ढंगले गिरफ्तारी गरेको आरोप लगाइएको छ।

    विज्ञप्तिमा उक्त कदमलाई कम्युनिष्ट आन्दोलन, लोकतन्त्र र कानुनमाथिको “नाङ्गो प्रहार” भन्दै कडा शब्दमा निन्दा तथा भर्त्सना गरिएको छ। साथै, मुलुकलाई द्वन्द्वतर्फ धकेलिन नदिन दुवै नेतालाई बिना शर्त अविलम्ब रिहा गर्न सरकारसँग जोडदार माग गरिएको छ।

    एमाले तनहुँले चेतावनी दिँदै भनेको छ, यदि तत्काल रिहाइ नभए कडा आन्दोलनका कार्यक्रम अघि बढाइनेछ र त्यसबाट उत्पन्न हुने सम्पूर्ण जिम्मेवारी सरकारकै हुने छ।

    यसैबीच, पार्टी केन्द्रीय सचिवालयको निर्देशन अनुसार विरोधका कार्यक्रमहरु सार्वजनिक गरिएको छ। जसअनुसार आज चैत १४ गते दमौलीमा साँझ मसाल जुलुस प्रदर्शन गरिनेछ भने चैत १५ गते दिउँसो १ बजे जिल्ला प्रशासन कार्यालय तनहुँमा जुलुससहित ज्ञापनपत्र बुझाइने कार्यक्रम तय गरिएको छ।