केपी ओली रिहाईको माग गर्दै दमौलीमा रॉके जुलुस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    केपी ओली रिहाईको माग गर्दै दमौलीमा रॉके जुलुस

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०८२, शनिबार

    दमौली, १४ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको रिहाईको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँले शनिबार दमौलीमा राँके जुलुस निकालेको छ।

    पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागितामा निकालिएको उक्त जुलुसमा ओलीको पक्राउप्रति विरोध जनाउँदै तत्काल रिहाइको माग गरिएको थियो। जुलुसका क्रममा नाराबाजी गर्दै सरकारको कदमप्रति असन्तुष्टि व्यक्त गरिएको थियो।