


काठमाडौ, १६ चैत । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्रले घुस खुवाउन, काम काजममा लाइन लाग्न र थुनिनु नपर्ने बताएका छन्। सोमबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिहरुसँगको भेटवार्ताका क्रममा उनले यस्तो बताएका हुन्।
‘लगानी बढाउनुस्, रोजगारी बढाउनुस्, देश बनाऔँ,’ उनले भने, ‘म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्न। म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ।’
उनले आगामी दिनमा निजी क्षेत्रले दुःख पाउन नहुने भन्दै निजी क्षेत्रको सहयात्री बनेर काम गर्ने बताए। ‘अब घुस खुवाउन पर्दैन, लाइन लाग्न पर्दैन, निजी क्षेत्रका मानिस थुनिनु पर्दैन,’ उनले भने।