‘पत्रकारिता तथ्यपरक र मर्यादित हुनुपर्छ’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ‘पत्रकारिता तथ्यपरक र मर्यादित हुनुपर्छ’

    खबरपुञ्ज संवाददाता

    १५ चैत्र २०८२, सोमबार

    दमौली, १६ चैत । पत्रकारिता तथ्यपरक र मर्यादित हुनुपर्नेमा जोड दिइएको छ । नेपाल पत्रकार महासंघको ७१ औ स्थापना दिवसका अवसरमा तनहुँ शाखाले सोमबार आयोजना गरेको पुरस्कार वितरण कार्यक्रमका वक्ताहरुले पत्रकारितामा विकृति भित्रिएकाले तथ्यपरक पत्रकारिता गर्न आग्रह गरेका छन् ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले तथ्यमा आधारित पत्रकारिता गर्न आग्रह गरे । नगरप्रमुख न्यौपानेले पछिल्लो समय पत्रकारिता क्षेत्रमा पनि विकृति भित्रिएकाले पत्रकारहरु यसतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।

    प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जिल्लाको विकास र सुशासनका पक्षमा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहने बताए । उनले पत्रकारिता पेशा अझ मर्यादित र विश्वसनीय बनाउन आवश्यक रहेको उल्लेख गर्दै सत्य, तथ्य र सन्तुलित समाचार सम्प्रेषणमा जोड दिए ।

    वरिष्ठ अधिवक्ता तथा नेपाल पत्रकार महासङ्घ तनहुँका संस्थापक कमलामोहन वाग्लेले पत्रकारिता क्षेत्र जिम्मेवार हुनुपर्ने बताउँदै लोकतन्त्रको रक्षा गर्न पत्रकारिता स्वच्छ, निष्पक्ष र उत्तरदायी हुनुपर्नेमा जोड दिए ।