मुग्लिन–नागढुंगा सडक बन्द : पोखराबाट जाने गाडी विमलनगरमा रोकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मुग्लिन–नागढुंगा सडक बन्द : पोखराबाट जाने गाडी विमलनगरमा रोकिने

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८२, मंगलवार

    दमौली, १७ चैत । मुग्लिन–नागढुंगा सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–४ को घोप्टेमिर क्षेत्र आसपास सवारी आवागमन अस्थायी रूपमा बन्द गरिने भएको छ।

    सडक मर्मत तथा स्तरोन्नति कार्यका कारण चैत १७ गतेदेखि चैत १९ गतेसम्म (३ दिन) हरेक दिन राति ११:०० बजेदेखि भोलिपल्ट बिहान ०४:०० बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जानकारी सम्बन्धित निकायले दिएको छ।

    सूचनाअनुसार, मालवाहक सवारी साधनहरूलाई विभिन्न स्थानहरूमा रोकिने व्यवस्था गरिएको छ। पश्चिमबाट काठमाडौंतर्फ आउने सवारी गैंडाकोट आसपास, पूर्वबाट आउने टाँडी, गोन्द्राङ र रत्ननगर क्षेत्र तथा पोखराबाट आउने सवारीलाई तनहुँको विमलनगर आसपास रोकिनेछ।

    त्यस्तै, यात्रुवाहक सवारी साधनहरू भने प्रभावित क्षेत्रमा पूर्ण रूपमा सञ्चालन नहुने जनाइएको छ।

    काठमाडौंबाट मुग्लिनतर्फ जाने सवारी साधनहरूलाई फिस्लिङ, कुरिनटार र लेवाटार आसपास रोकिने व्यवस्था मिलाइएको छ।