


दमौली, १७ चैत । तनहुँको भिमाद नगरपालिका–७ सिस्नेरीस्थित सेती नदीमा अवैध रुपमा नदीजन्य सामग्री उत्खनन् गर्ने सवारी साधनलाई प्रहरीले मङ्गलबार नियन्त्रणमा लिएको छ ।
सेती नदीमा अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा उत्खनन् गरेको अभियोगमा इलाका प्रहरी कार्यालय भिमादले दुई वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक श्रवणकुमार विकका अनुसार ग १ त ३१७६ र ग १ त ५८७५ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि भिमाद नगरपालिका पठाइएको छ ।