तनहुँको आँबुखैरेनीमा लागूऔषधसहित दुई जना पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    तनहुँको आँबुखैरेनीमा लागूऔषधसहित दुई जना पक्राउ

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८२, मंगलवार

    दमौली, १७ चैत । तनहुँको आँबुखैरेनी गाउँपालिकामा प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

    पृथ्वी राजमार्ग अन्तर्गत ढापटार क्षेत्रमा खटिएको प्रहरी टोलीले सवारी साधन तथा शंकास्पद व्यक्तिहरूको चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

    पक्राउ पर्नेमा गोरखा नगरपालिका–१० बाह्रकिलो बस्ने २७ वर्षीय आमोस तामाङ र आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ३० वर्षीय प्रितम थापा रहेकाे प्रहरीले जनाएकाे छ ।