मिर्गौला पीडित कार्कीका लागि खाजा खर्च कटाएर बालबालिकाको सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मिर्गौला पीडित कार्कीका लागि खाजा खर्च कटाएर बालबालिकाको सहयोग

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८२, मंगलवार

    दमौली, १७ चैत । व्यास नगरपालिका–९ निवासी २० वर्षीया प्रतिक्षा कार्की मिर्गौला बिग्रिएपछि जीवन–मृत्युको संघर्षमा रहेकी छन् । कम उमेरमै गम्भीर स्वास्थ्य समस्याबाट ग्रसित कार्कीको दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनकाे अवस्था जटिल बन्दै गएको परिवारले जनाएको छ।

    आर्थिक अवस्था कमजोर हुँदा उपचारमा समस्या भइरहेको यस अवस्थामा समाजका विभिन्न तहबाट सहयोग जुट्ने क्रम जारी रहेको छ। यसैक्रममा दमौलीस्थित जेनेसिस किन्डरवल्डका साना बालबालिकाहरूले उदाहरणीय मानवीयता प्रस्तुत गरेका छन्।

    विद्यालयमा अध्ययनरत बालबालिकाहरूले आफ्नो दैनिक खाजा खर्च कटाएर संकलन गरेको ३४ हजार ५ सय ७७ रुपैयाँ सहयोग रकम प्रतिक्षाको उपचारका लागि प्रदान गरेकाे सामाजिक अभियान्ता सुदिप गफ्फारले बताए । सानै उमेरमा देखाएको यस्तो मानवीय भावना र सहयोगले सबैलाई भावुक बनाएको छ।