आगलागी पीडित व्यवसायीलाई दमौली बजार इकाईद्वारा आर्थिक सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगलागी पीडित व्यवसायीलाई दमौली बजार इकाईद्वारा आर्थिक सहयोग

    खबरपुञ्ज संवाददाता

    १६ चैत्र २०८२, मंगलवार

    दमौली, १७ चैत । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईले आगलागी पीडित व्यवसायीलाई आर्थिक सहयोग प्रदान गरेको छ।

    गत चैत २ गते व्यास नगरपालिका–२ स्थित मिनी मार्केटमा भएको आगलागीबाट प्रभावित भरत पराजुली र लालबाबु अन्सारीलाई इकाईले मंगलबार सहयोग रकम हस्तान्तरण गरेको हो।

    इकाईका कार्यसमिति सदस्यहरूबाट संकलित रकम पीडितलाई प्रदान गरिएको जनाइएको छ। आगलागीका कारण व्यवसायमा क्षति पुगेका उनीहरूलाई राहत पुग्ने विश्वास लिइएको छ।

    इकाई सचिव सिम्रन चन्द ठकुरीले दुःखको समयमा व्यवसायीलाई केही राहत पुर्‍याउने उद्देश्यले सहयोग गरिएको बताइन्। उनले विपद्का बेला एकअर्कालाई साथ दिनु व्यवसायिक एकताको उदाहरण भएको उल्लेख गरिन्।

    आर्थिक सहयोग हस्तान्तरणमा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष इमकुमार मल्ल, महासचिव सुरेश पूरी, इकाई सभापति शेषराज श्रेष्ठ सहभागी थिए ।