एमाले संसदीय दलको नेतामा बादल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमाले संसदीय दलको नेतामा बादल

    खबरपुञ्ज संवाददाता

    १७ चैत्र २०८२, बुधबार

    काठमाडौ, १८ चैत । एमाले संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित भएका छन्।

    एमाले संसदीय दलको बुधबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको बैठकमा युवा सांसद सुहाङ नेम्वाङले पनि एमाले संसदीय दलको नेतामा इच्छा देखाएपछि निर्वाचन हुने तय भएको छ। यद्यपि सुहाङले उम्मेदवारी  दिनै नपाएपछि बादल एक्लैको उम्मेदवारी परेको थियो।

    एमालेले बादललाई ‍औपचारिक रूपमा संसदीय दलको नेतामा निर्वाचित भएको घोषणा गरेको छ।

    एमाले संसदीय दलमा सुहाङ उम्मेदवार बन्न चाहे पनि उनले प्रस्तावक र समर्थक नै नपाएपछि उनको उम्मेदवारी रोकिएको हो।