तनहुँका चार गुरुकुलका ४५ विद्यार्थी एसइइमा सहभागी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका चार गुरुकुलका ४५ विद्यार्थी एसइइमा सहभागी

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८२, बिहीबार

    दमौली, १९ चैत । तनहुँको देवघाटस्थित चार गुरुकुलका ४५ विद्यार्थी आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सहभागी भएका छन् । देवघाटमा रहेका गुरुकुलका ४५ विद्यार्थी नियमिततर्फ परीक्षामा सहभागी भएका हुन् ।

    शिक्षा विकास समन्वय इकाइ तनहुँका प्रमुख कृष्णप्रसाद श्रेष्ठका अनुसार महेश संस्कृत गुरुकुलका ११, परमानन्द संस्कृत गुरुकुलका १७, वेदवेदाङ्गा माविका १२ र माँ कल्याणी वैदिक कन्या गुरुकुलका पाँच विद्यार्थी परीक्षामा सहभागी भएका छन् ।

    सबै गुरुकुलको केन्द्र देवघाट गाउँपालिका–५ स्थित महेश संस्कृत गुरुकुलमा तोकिएको छ ।