सरकारी निकायले अब सरकारी सञ्चारमाध्यममा मात्रै सूचना प्रकाशन/प्रसारण गर्न पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सरकारी निकायले अब सरकारी सञ्चारमाध्यममा मात्रै सूचना प्रकाशन/प्रसारण गर्न पाउने

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०८२, बिहीबार

    काठमाडौँ, १९ चैत । सरकारी निकायले सरकारी सञ्चारमाध्यममा मात्रै विज्ञापन र सूचना प्रकाशन प्रसारण गर्नुपर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सङ्घ, प्रदेश र स्थानीय तहलाई बुधबार परिपत्र गर्दै आगामी दिनमा सरकारी सञ्चारमाध्यममा मात्रै सूचना र विज्ञापन प्रकाशन प्रकाशन प्रसारण गर्न भनेको हो । 

    परिपत्रमा लेखिएको छ-‘सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्न, विज्ञापन तथा सूचना प्रकाशन र प्रसारणमा एकरूपता र पारदर्शिता ल्याउन तथा सरकारी स्वामित्वका सञ्चारमाध्यमहरूको प्रवर्धन गर्ने सम्बन्धमा आफू तथा मातहतका निकायमा देहायबमोजिम गर्न गराउन हुन यस कार्यालयको मिति २०८२/१२/१८ को नियम (सचिव स्तर)अनुरोध छ।’

    No description available.