


काठमाडौं, १९ चैत । रास्वपा सभापति रवि लामिछानेले बिहीबार आयोजित संसदको पहिलो बैठकमा सम्बोधन गर्दै आफ्नो पार्टी कामको गतिलाई लिएर स्पष्ट सन्देश दिएका छन्।
उनले भने, “हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न सुरु गरिसकेका छौँ। हामी देश बदल्ने अभियानमा लागिसकेका छौँ।”
सभापति लामिछानेले विपक्षी दलका राम्रा योजनाहरूलाई समेत कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै सहकार्य र सकारात्मक राजनीति आवश्यक रहेको बताए। “विपक्षीका राम्रा योजना पनि हामी कार्यान्वयन गर्नेछौँ,” उनले भने ।
उनले आफ्नो पार्टी प्रश्न मात्र उठाउने नभई समाधान दिन पनि सक्षम रहेको उल्लेख गर्दै भने, “हामीलाई प्रश्न मात्रै गर्न होइन, उत्तर दिन पनि आउँछ।”
साथै, उनले प्रतिपक्षी दलहरूलाई सरकारको कामप्रति निरन्तर निगरानी गर्न आग्रह गर्दै लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउनुपर्ने धारणा राखे। “प्रतिपक्षी दलहरूले हामीलाई निरन्तर निगरानी गरिदिनुहोला। हामी प्रतिपक्षीका आवाजलाई कमजोर हुन दिने छैनौँ,” उनले स्पष्ट पारे।
